नुवाकोटमा वाम गठबन्धनको अग्रता

262
  •  
  •  
  •  

काठमाडौँ, २२ मंसिर (ओएनएस) : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको बिहीबार बिहानसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसका डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गरेका छन् ।

प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका राधिका तामाङ एक हजार ५२५ मतका साथ अग्रस्थानमा रहेकी छिन् भने कांग्रेसका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । प्रदेश ‘ख’मा एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा छन् । कांग्रेसका रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’मा एमालेका केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा छन् । कांग्रेसका जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा माओवादी केन्द्रका हीरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने कांग्रेसका जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गरेका छन् ।


  •  
  •  
  •