नर्सिङ कक्षाले जोड्दै तराई पहाड

213
  •  
  •  
  •  

जुम्ला १४ मंसिर (ओएनएस) :  जुम्लामैं प्रविणता प्रमाणपत्र तहको नसिर्ङ कक्षा सुरु भएपछि स्वास्थ्य विषय अध्ययनका लागि बाहिर जानु पर्ने बाध्यता हटेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यस वर्षबाट सुरु गरेको नसिर्ङ कक्षामा जुम्लाकै २१ जना विद्यार्थी नाम निकाल्न सफल भएका थिए । यस वर्ष ३० जना विद्यार्थीलाई भर्ना लिइएकोमा जुम्लाका २१, कालिकोटका तीन, मुगुका दुई, दैलेख, सल्यान, रुकुम बर्दियाका एक एक जना अध्ययन गरिरहेका छन् । तराई र मधेसका जिल्लाबाट पनि आउने क्रम सुरु भएको छ ।

कर्णाली क्षेत्रका विद्यार्थीले नर्सिङ विषय अध्ययनका लागि सुर्खेत, नेपालगन्ज अथवा काठमाडौं जानु पथ्र्यो भने यहिँ पढ्न पाएपछि आर्थिक भार समेत घट्ने भएको छ । ३० मध्ये ६ जना विद्यार्थीलाई प्रतिष्ठानले पूर्ण छात्रबृत्ति दिएको नर्सिङ डिन गायत्री राईले जानकारी दिए । जसमध्ये जुम्लाका ४ र मुगुका २ जनाले पूर्ण छात्रबृत्ति पाउने र कार्यरत कर्मचारीमध्ये एक जनाको सन्तानलाई पनि डाक्टर बिकल्प पोखरेल छात्रबृत्ति प्रदान गरिने उनको भनाइ छ । पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीले पनि तीन वर्षमा ३ लाख ७६ हजार रुपैंयाँ शुल्क तिर्नु पर्ने डिन गायत्री राइले बताइन ।

पूर्ण छात्रबृत्ति पाउने विद्यार्थीले पनि तीन वर्षमा ९१ हजार ५ सय रुपैंयाँ शुल्क तिर्नु पर्ने उनको भनाइ छ । ६ जना विद्यार्थीका लागि आँशिक छात्रबृत्तिको समेत व्यबस्था गरिएको छ । अध्ययनका लागि जिल्ला बाहिर जानु पर्दा शुल्कका साथै खाने, बस्ने, यातायात लगायतका खर्च लाग्ने छ । जुम्लाका युवतीहरु नर्सिङ विषयको अध्ययनतर्फ आकर्षित देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । जुम्लको नसिंङmे पाहाड र तरईै पनि जोडेको छ ।

एसएलसीसम्म नेपाली माध्यममा पढेका विद्यार्थीले नर्सिङ कक्षामा अँग्रेजी माध्यमबाट मात्रै पढ्न अप्ठेरो महशुस गरेको डिन राईले बताउनुभयो । प्राविधिक विषय अँग्रेजीबाटै पढ्नु पर्ने भएकोले उनीहरुलाई बानी पार्नुका साथै क्षमता विकासका काम भैरहेको प्रतिष्ठानले जनाएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान गर्ने उद्देश्यले दुई वर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो ।


  •  
  •  
  •