नर्सिङको शुल्क २० प्रतिशत बढ्यो

229
  •  
  •  
  •  

काठमडौं २० माघ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले नर्सिङको शुल्क २० प्रतिशत बढाएको छ । ०६८ मा निर्धारण गरेको शुल्कमा २० प्रतिशत बृद्धि गरेर ४ लाख ७९ हजार पुर्‍याएको छ । यसअघि ३ लाख ९६ हजार तोकेको थियो । तीन बर्ष अघि तोकेको शुल्क कलेज सञ्चालकहरुले कार्यन्वयन नगरी आफुखुसी लिन थालेपछि व्यवस्थित गर्न शिक्षा मन्त्रालयका सह सचिव हरी लम्सालको संयोजकत्वामा शुल्क पुनरावलोकन समिति गठन भएको थियो ।

समितिले प्रमाणपत्र तहको  नर्सिङ, फार्मेसी, समान्य चिकित्सा बिषयको शुल्क तोकेको हो । सीटीइभीटीका अनुसार फार्मेसीको २३ प्रतिशत अर्थात ३ लाख ४७ हजार ३ सय ७९ र सामान्य चिकित्सा (एचए) को १८ प्रतिशत शुल्क बृद्धि भएको छ । एचए पढने विद्यार्थीले अब ४ लाख ११ हजार ८ सय ६५ रुपैया तिर्नु पर्ने हुन्छ ।

सीटीइभीटीले तोकेको शुल्क पुरै कोर्ष पुरा गर्दा लाग्ने तीन बर्षको हो । शुल्क पुनरावलोकन समितिको प्रस्ताव गरेको शुल्क सीटीइभीटीको १३६ औं परिषद् बैठकले तीन बिषयको शुल्क तोकेको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •