बच्चा जन्माउने बेलाका नग्न तस्बिर र अश्लील ट्वीट गरेपछि सनसनी

799
  •  
  •  
  •  

काठमाडौं, कात्तिक (एजेन्सी) : बेलायत स्थायी घर भए पनि अमेरिकको लस एन्जलस बस्दै आएकी एक महिलाले बच्चा जन्माउने बेलाका सबै गतिविधि र तस्बिरहरु ट्वीटरमार्फत सार्वजनिक गरेकी छिन् ।

उनले अश्लील भाषामा ट्वीट गर्दै नग्न तस्बिर नै सार्वजनिक गरेपछि सनसनी मच्चिएको छ । रुथ फउलर नाम गरेकी ती महिलाले बच्चा जन्माउने बेलामा हुने पीडा र अनुभव साटासाट गर्नका लागि ती तस्विर सार्वजनिक गरेको बताइन् ।

उनले बच्चा जन्माउनुभन्दा १२ घण्टा अगाडिदेखि नै अनुभवहरु सेयर गरेकी थिइन् । उनले बच्चा जन्माएपछि स्तनपान गराउँदै गरेको नग्न तस्बिर समेत ट्वीटरमा राखेकी छिन् । घरमै बच्चा जन्माएकी उनलाई पछि रक्तअल्पता हुने डरले अस्पताल लगिएको थियो ।

उनले बच्चा जन्माउँदा अनौठो अनुभव भएको बताउँदै सुरुमा यौन सम्पर्क गर्दा र बच्चा जन्माउँदा एउटै किसिमको पीडा हुने उल्लेख गरेकी छिन् । बच्चा जन्माउने बेला उनले बाथरुममा गएर ह्वीस्की सोर पियर योगा गरेको तस्बिर पनि ट्विट गरेकी छिन् ।

nude photo on twitter

nude photo on twitter1 nude photo on twitter4 nude photo on twitter3 nude photo on twitter2


  •  
  •  
  •  

Comments are closed.