भारतले गर्यो निर्भयको सफल परिक्षण, पाकिस्तानका शहरहरू ध्वस्त गर्न सक्ने

68
  •  
  •  
  •  

nirbhaya-missile-lunchedकाठमाडौ, ३१ असोज (एजेन्सी) : भारतले शुक्रबार सवसोनिक क्रुज मिसाइल निर्भयको सफल परिक्षण गरेको छ । स्वदेशमा निर्माण गरिएको र परमाणु हतियार समेत बोक्न सक्ने निर्भयको परिक्षण ओडिशाको चाँदीपुरस्थित इण्टिग्रेटेड टेस्ट रेन्ज(आईटीआर) बाट गरेको थियो । मिसाइलले करिब १ हजार किलोमिटरसम्म मार हान्न सक्छ र यसले पाकिस्तानका प्रमुख शहरहरू ध्वस्त पार्न सक्छ ।

डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन(डीआरडीओ)का एक वैज्ञानिकका अनुसार मिसाइलको पहिलो परिक्षण सन् २०१३ मा सोही केन्द्रबाट गरिएको थियो । तर, परिक्षणपछि मि
साइल गलत बाटो लिन थालेपछि उक्त परिक्षणलाई बीचमा नै रोकिएको थियो । डीआरडीओका अधिकारीले मिसाइलको नेभिगेसन प्रणालीमा केही समस्या थिए र त्यसलाई सच्याइएको बताए ।

ब्रह्मोसभन्दा फरक छ निर्भय
भारतसँग २ सय ९० किलोमिटरसम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज मिसाइल ब्रह्मोस रहेको छ, जसलाई भारत र रूसले मिलेर बनाएका थिए । तर, लामो दूरीसम्म मार हान्न सक्ने निर्भय ब्रह्मोसभन्दा फरक छ । यो बेङ्लोरमा डीआरडीओको युनिट एयरोनेटिकल डेभलेपमेन्ट इष्टाबिलिस्मेन्ट(एडीई)ले बनाइरहेको हो । यसलाई भारतीय वायु सेनाको अग्रिम मोर्चाका लडाकु विमान सुखोई-३० एमकेआईबाट मार हान्न सकिन्छ । डीआरडीओ प्रमुख अविनाश चन्द्रका अनुसार निर्भय मिसाइल हावा, जमिनबाट मार हान्न सकिन्छ । यस मिसाइलले शत्रुको वायु रक्षा प्रणालीलाई सहजै झुक्याउन सक्छ ।


  •  
  •  
  •