टेलिकमको केन्द्रीय कार्यालय तोडफोड

124
  •  
  •  
  •  

काठमाडौँ, ८ असोज (ओएनएस) ः नेपाल टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा कर्मचारीले तोडफोड गरेका छन् ।

टेलिकमकै कर्मचारीविच आपसमा झडप हुँदा कार्यलय तोडफोड गरिएको हो । कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडी रहेको पाँच वटा झ्यालका सिसा फोड्नुका साथै कुर्ची र गमला समेत तोडफोड गरेका छन् ।

गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको भन्दै विरोधमा आन्दोलनरत इन्जिनियरइञ्जिनियरकै विरुद्धमा बुधवार प्रशासन तर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन् ।

प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरुले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि अनशन बसिरहेका छन् ।

दसँै नजिकिँदै गर्दा टेलिकमको दसैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पु¥याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरुका विरुद्ध बुधवार आन्दोलनमा उत्रिएका हुन् ।


  •  
  •  
  •