नेपाल टेलिकमद्वारा बाढिपीडितलाई दुई करोड सहयोग

57
  •  
  •  
  •  

काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार नेपाल टेलिकमले दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुधक्रबार बिहान आयोजित एक समारोहमा नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार सचिव सुनिलबहादुर मल्लले दुई करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल र नेपाल टेलिकमका सञ्चालक समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल टेलिकमका कर्मचारीका तर्फबाट करिब ३५ लाख, सञ्चालक समितिका सदस्यहरुको तर्फबाट करिब २५ हजार र बाँकी रुपैयाँ टेलिकमको कोषबाट सो रकम सङ्कलन गरी प्रदान गरिएको हो । सहयोग रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनःस्थापनामा सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा प्राप्त आर्थिक सहयोगप्रति कृतज्ञता प्रकट गरे ।


  •  
  •  
  •