टेलिकमले ल्यायो ९० दिनसम्मको अटम र फेस्टिभल अफर

73
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमले ९० दिनसम्मको अटम अफर योजना र फेस्टिभल अफर सार्वजनिक गरेको छ। टेलिकमले असोज २९ गतेबाट लागू हुनेगरी ९० दिनको लागि हाल दिँदै आएको समर अफरमा उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर ल्याएको हो। यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई लक्षित गरी फेस्टिभल अफर समेत ल्याएको छ।

अटम अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने भएको छ। यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ मा  युट्युब अनलिमिडेड र फेसबुक अनलिमिडेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ। यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसअघि  ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ। त्यसैगरी  १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने टेलिकमको विज्ञप्तिमा उल्लेख छ। यसैगरी पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएको टेलिकमले जनाएको छ।

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएको टेलिकमले जनाएको छ। यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५  रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ भएको छ। त्यसैगरी ‘थ्री डे डाटा प्याक’  ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने टेलिकमको भनाइ छ।  यसअन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र  १८ रुपैयँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज  १५ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।

फेस्टिभल अफर 
फेस्टिभल अफरका रुपमा दसैँ/तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध  गराउने भएको छ। यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँको रिचार्ज वा एमपोसबाट  २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने टेलिकमले जनाएको छ। रिचार्ज कार्डबाट  १०० वा एमपोसबाट ५१ देखि १०० रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुने भएको छ। रिचार्ज कार्डबाट  २०० वा एमपोसबाट  १०१ देखि २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने भएको छ। यसैगरी, रिचार्ज कार्डबाट  ५०० वा एमपोसबाट  ५०० देखि  ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस पाइने टेलिकलमे जनाएको छ। साथै, रिचार्ज कार्डबाट  १००० वा एमपोसबाट  १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुने भएको छ।

अन्य अफरहरु

कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निःशुल्क प्राप्त गर्न सकिने भएको छ।
यसैगरी  *४४४# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुने समेत टेलिकमले जनाएको छ।

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुने पनि टेलिकमले जनाएको छ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

कोभिड– १९ को महामारीको कारणले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गर्नुपर्ने विषम परिस्थितिमा कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम तथा फेस्टिभल अफर आकर्षक हुने विश्वास कम्पनीले लिएको छ ।


  •  
  •  
  •