शिवरात्रि मनाउन तयारी भैरहदा हिन्दू मन्दिरमा तोडफोड

125
  •  
  •  
  •  

५ फागुन (एजेन्सी) : अमेरिकाको वासिङ्टनमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । अज्ञात व्यक्तिहरुले तोडफोडपछि मन्दिरको भित्तामा ‘गेट आउट’ लेखेका छन् ।

मन्दिरमा महाशिवरात्रि पर्वको उत्सव मनाउन तयारी भैरहेको थियो । घटनापछि मन्दिर इलाकामा तनाव उत्पन्न भएको छ ।

तनावपछि वासिङ्टनका आधिकारीहरुले छानविन सुरु गरेका छन् । सिएटल मेट्रोपोलियन क्षेत्रमा रहेको यो मन्दिर उत्तर पश्चिम अमेरिकाको सबैभन्दा ठूलो हिन्दू मन्दिर हो ।

बोथेलस्थित हिन्दू मन्दि तथा सांस्कृति केन्द्रका बोर्डका अध्यक्ष नित्य निरञ्जनले यस्ता प्रकारका घटना अमेरिकामा हुनु दुखद भएको बताएका छन् भने हिन्दू अमेरिकान फाउन्डेसनले घटनको निन्दा गरेको छ ।


  •  
  •  
  •