नेविसंघको महाधिवेशन फेरि स्थगित

809
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि स्थगित भएको छ । यही भदौ २९ बाट राजधानीमा गर्ने भनिएको ११ औं महाधिवेशन पार्टी सभापति सुशील कोइरालाको परामर्शमा महाधिवेशन निर्देशक समितिले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । यसअघि पनि महाधिवेशनको मिति तोक्ने र स्थगित गर्ने कार्य भएको थियो ।nsu

आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन स्थगित गरिएको हो । महाधिवेशनका लासिग जिल्ला जिल्लाबाट प्रतिनिधिहरु राजधानीमसेत आइसेकेको अवस्थामा निर्देशन समितिले स्थगितको सूचना जारी गरेको हो । हालसम्म ५६ जिल्लाबाट मात्र प्रतिनिधिको सूची प्राप्त भएको नेविसंघले जनाएको छ । करिब १ दर्जन जिल्लामा जिल्ला अधिवेशनसमेत हुन सकेको छैन । नेविसंघको पछिल्लो पटक पार्टी एकीकरणका बेला २०६४ मा महाधिवेशन भएको थियो । तर, त्यो महाधिवेशन पनि एकतामात्र थियो । पार्टी एकीकरणपछि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।


  •  
  •  
  •