विद्यार्थी भन्छन्, ‘उखान टुक्का बन्द गर’

303
  •  
  •  
  •  

NSU protest against govt1काठमाडौँ, ७ जेठ(ओएनएस) : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकार असफल भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

NSU protest against govtबिहीबार राजधानीमा विरोध जुलुस निकाल्दै नेविसंघले सरकारकै संरक्षणमा कालोबजारी तथा महंगी बढिरहेको भन्दै सरकारको विरोध गरेका थिए । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरू भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

NSU protest against govt3जुलुसका क्रममा विद्यार्थीहरूले उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री केपी ओलीलाई ‘उखान टुक्का बन्द गर’ भन्दै नारा लगाएका थिए । यस्तै, विद्यार्थीहरूले जनतालाई बाच्न गाह्रो भो, सरकारलाई माफिया प्यारो भो लेखिएका ब्यानर पनि बोकेका थिए ।NSU protest against govt2


  •  
  •  
  •