संविधान पारित भएको खुसियालीमा नेविसंघको मोटरसाइकल र्‍याली

309
  •  
  •  
  •  

NSU motorcycle rallyकाठमाडौ, १ असोज(ओएनएस) : संविधान पारित हुने पक्का भएपछि त्यसको खुसियालीमा नेपाल विद्यार्थी सङ्घले शुक्रबार मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका सिंहले र्‍यालीको उद्घाटन गर्दै कयौँ विद्यार्थीको रगत र बलिदानबाट संविधान निर्माण भएको बताए ।

बहुमतका साथ पारित भएको संविधानबाट अब देशले विकासको फड्को मार्ने उनले स्पष्ट पारे ।

NSU motorcycle rally1नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेपाली जनताले चुनेर पठाएको संविधानसभाबाट ६५ वर्षदेखिको जनताको सपना पूरा भएको बताए ।
र्‍याली प्रदर्शनीमार्गबाट सुरु भएर कालिकास्थान, कमलपोखरी, कमलादी, भद्रकाली, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो ।


  •  
  •  
  •