नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनित

219
  •  
  •  
  •  

काठमाठौँ, २९ कात्तिक (ओएनएस) :
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनित भएका छन् । नेवि संघको विधानबमोजिम त्रिपाठीलाई महामन्त्रीमा मनोनित गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनित हुने प्रावधान छ । त्रिपाठी यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव थिए ।


  •  
  •  
  •