४८ घण्टाभित्र शूल्क बृद्धि फिर्ता नलिए आन्दोलन गर्ने नेविसंघको चेतावनी

334
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख(ओएनएस) : नेपाली कांग्रेससमद्ध विद्याथी संगठन नेपाल विद्यार्थी संघले निजी विद्यालयहरुले बढाएको शूल्क बृद्धि ४८ घण्टाभित्र फिर्ता नलिए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

नेविसंघका अध्यक्ष रञ्जित कर्णले बुधबार प्रेश विज्ञप्ति जारी गर्दै शूल्क बृद्धि नगर्न भएका सम्झौताको उल्लघंन गरेको बताउँदै आन्दोलनको गर्ने चेतावनी दिएका हुन् ।

‘देशैभरि गरिएको तत्काल फिर्ता लिनको लागि नेपाल विद्यार्थी संघ जिल्ला शिक्षा कार्यालय, शिक्षा मन्त्रालय, नेपाल सरकार र विद्यालय प्रशासनसमक्ष जोडदार माग गर्दैछौ । ’ विज्ञप्तिमा लेखिएको छ , ‘मनोमानी तरिकाबाट निजी विद्यालयहरुले गरेको शूल्क बृद्धि ४८ घण्टाभित्र फिर्ता नगरिएको खण्डमा नेपाल विद्यार्थी संघले हदैसम्मको संघर्षका कडा कार्यक्रम ल्याउन बाध्य हुनेछ र उत्पन्न हुनसक्ने प्रतिकुल अवस्थाको जावफदेहि सम्बन्धित निकाय स्वयम् हुनेछ । ’

सबैभन्दा बढी निजी विद्यालय रहेको काठमाडौंमा जिल्ला शिक्षा कार्यालयले शैक्षिक सत्र २०७२ बाट लागू हुने गरी २२ प्रतिशत बढाउने निर्णय भएको थियो । काठमाडौंसमेत गरी ५ जिल्लाका निजी विद्यालयको औपचारिक रूपमा शुल्क बढाइएको हो । रूपन्देही, कैलाली, नवलपरासी र मोरङमा जिल्ला शिक्षा कार्यालयले यसअघि नै बढाइसकेका छन् ।

निजी विद्यालयहरूको प्रस्तावमा काठमाडौं शिक्षा कार्यालयले आइतबार शुल्क वृद्धिको निर्णय गरेको हो । बाँकी शिक्षा कार्यालयले सोमबार आ(आफ्ना जिल्लाका निजी विद्यालयको शुल्क २२ प्रतिशतको हाराहारीमा बढाएका थिए ।

Nsu


  •  
  •  
  •