नेबिसंघ बिबाद चर्कियो, संस्थापन र देउवा पक्षबिच आरोप प्रत्यारोप

318
  •  
  •  
  •  

nsuकाठमाडौ, ३० कार्तिक (ओएनएस) : नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन ७ औं पटक स्थगित् भईसकेपछि यतिवेला दुई पक्षवीच स्थगितको विषयलाई लिएर आरोप–प्रत्यारोप चलिरहँदा देउवा पक्षधर विद्यार्थी नेताहरुले चुनावमा संस्थापन पक्षले आफ्ना पक्षका नेताहरुलाई टिके प्रथाबाट नेतृत्वमा अनुमोदित गर्न खोज्दा महाधिवेशन स्थगित भएको आरोप लगाएको छ ।

आईतबार पत्रकार सम्मेलन गर्र्दै देउवा पक्षधर विद्यार्धी नेता एवम अध्यक्षका प्रत्यासी शुभराम बस्नेतले संस्थापन पक्षले आफ्ना गोजीका विद्यार्थी नेतालाई विधि र प्रक्रिया मिचेर अलोकतान्त्रिक ढंगबाट नेतृत्वमा स्थापित गराउन खोज्दा महाधिवेशन स्थगित् भएको स्पष्ट पारेका छन् ।

बस्नेतले भने–‘‘ पार्टी सभापति जस्तो जिम्मेवार व्यक्तिले सार्क सम्मेलनको बहाना बनाएर महाधिवेशन स्थगित गर्नु अत्यन्तै गैरराजनीतिक कुरा हो, उहाँलाई पार्टी सभापतिमा बस्ने नैतिक अधिकार समेत छैन ।’’ बस्नेतले आफूहरुलाई ५० प्रतिशतको भाग मागेको भनि संस्थापनले लगाएको आरोप मिथ्या भएको भन्दै हिम्मत भए बाँकी रहेका ११ जिल्लामा समेत अधिवेशन गराएर अघि बढ्न चुनौती दिएका छन् । उनले भने–‘‘हामी विधि र प्रक्रियाबाट गरिने सबै खाले नतिजाहरु स्किार गर्न तयार छौं, तर टिके प्रथाबाट नेतृत्व स्थापित गर्न खोजिए सशक्त प्रतिकार गर्छौ । ’’

पार्टी नेतृत्वले यसैगरी विधि र प्रक्रियालाई छायाँमा पार्ने कामलाई निरन्तरता दिँदै गए आफूहरु लोकतन्त्रको रक्षाका लागि जीवन नै आहुति दिन समेत पछि नपर्ने बस्नेतले उद्घोष गरे । उनले नेविसंघ मात्रै नभएर पार्टीका विभिन्न भातृसंगठनहरुलाई गतिशिलता प्रदान गर्न पनि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यदि निर्वाचन नगरी यही ढंगले अघि बढे पार्टीको अस्तित्व नै समाप्त हुनेतर्फ ध्यानाकार्षण गरेका छन् ।

नेविसंघका पूर्व उपाध्यक्ष नैनसिंह महरले नेविसंघलाई पार्टी सभापति सुशील कोइरालाले सात वर्षदेखि पंगु बनाउन लागि परेको आरोप लगाएका छन् । महरले संस्थापन पक्षले आफू पक्षका नेताहरुले चुनाव नजित्ने निचोड निकालेर महाधिवेशन स्थगित गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा भण्डाफोर गर्न आफूहरुले आन्दोलनको घोषणा समेत गरेको जानकारी दिए ।

नेताहरुले आगामी मंसिर १ गतेदेखि पाँच गतेसम्म शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने, मंसिर ६ गते नेविसंघ केन्द्रिय कार्यालय तालाबन्दी गर्ने, मंसिर ७ गते प्रधानमन्त्री निवास बालुवाटार, पार्टी केन्द्रिय कार्यालय सानेपा र पार्टीका सबै जील्ला पार्टी कार्यालयहरुमा नारा,जुलुश, धर्ना, अनशन, आमरण अनशन गर्ने लगायतका कार्यक्रमहरु समेत गर्ने जानकारी दिएका छन् ।


  •  
  •  
  •  

Comments are closed.