राखेपले बाढ्यो १६६ खेलाडीलाई साढे ७ लाख पुरस्कार

251
  •  
  •  
  •  

Playesकाठमाडौं, १ मंसिर (ओएनएस) :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७०÷७१ मा भएका विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार प्रोत्साहन स्वरुप नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।

आ.व. ७०÷७१ मा विभिन्न खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइ पदक प्राप्त गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप वितरण गरिने रकमको परिधिमा रही एक खेलाडी एक पदकको अवधारणा अनुरुप जम्मा १ सय ६६ पदक विजेता खेलाडीलाई ७ लाख ६८ हजार ४ सय नगद प्रदान गरियो ।

२८ पदक विजेतालाई ८ हजार ८ सय, ५९ लाई ५ हजार ५ सय र ७९ लाई २ हजार ५ सयका दरले नगद पुरस्कार दिइयो । साग, एसियन गेम्समा समावेश खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नेलाई ८ हजार ८ सय, सागमा समावेश खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गरेका र अन्य लोकप्रिय खेलमा स्वर्ण प्राप्त गर्ने खेलाडीलाई ५ हजार ५ सय तथा सागमा समावेशखेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य हासिल गरेको र अन्य लोकप्रिय खेलहरुमा रजत जित्ने खेलाडीलाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्य–सचिव युवराज लामाले खेलाडीलाई नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले पुरस्कारलाई प्रतीकका रुपमा लिन आग्रह गर्दै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा फर्केर आएपछि सम्बन्धित संघले पदक जितेका खेलाडीको नामसहित राखेपअन्तर्गत खेलकुद विकास विभाग मार्फत तथ्याङ्क शाखामा प्रतिवेदन बुझाउने परिपाटी बसाल्नु पर्ने बताए ।

खेलकुद विकास विभागका प्रमुख एवं छनोट समितिका सदस्य कुलबहादुर थापाले सानो पुरस्कारले खेलाडीको व्यक्तिगत जीवनमा ठूलो फाइदा नपु¥याए पनि मानिसक रुपमा भने खेलाडीलाई उर्जा थप्ने विश्वास व्यक्त गरे । थापाले मापदण्ड भित्र परेर पनि खेलाडीहरु पुरस्कृत हुनबाट वण्चित भएको भए सम्बन्धित संघ मार्फत नाम बुझाए पछि पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।


  •  
  •  
  •