शहीद स्मारक ‘ए’ डिभिजन : एनआरटी र आर्मीले अंक बाँडे

636
  •  
  •  
  •  

काठमाडाैं, १४ असाेज (अाेएनएस) : शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी ) ले अंक बाँडेका छन्।

रेफ्रीको गलत निर्णयको सिकारका कारणा लिगको पहिलो खेल २–२ गोलको बराबरीमा भए पनि विवादित बन्यो। अन्तिम मिनेटसम्म एनअारटीले खेलमा २–१ को अग्रता बनाएको थियो। तर ६ मिनेट थप गरिएको अक्तिरिक्त समयमा रेफ्रीले गरेको गलत निर्णय एनअारटीलाई खेल जित्नबाट रोक्न पर्याप्त भयो।

रेफ्री सुदीश पाण्डेले गोलरक्षकले बढी समय बल होल्ड गरेको भन्दै डिबक्सभित्र फ्रिकिकको मौका आर्मीलाई दिए। जुन गोलमा परिणत भयो। एनअारटीको युवा टिमले निकै सशक्त प्रदर्शन गर्‍यो।

आर्मी भने आफ्नो पेशाअनुसारको खेल खेल्न असफल भइरहँदा पहिलो हाफमा पेनाल्टी प्राप्त गर्न सफल भयो। पहिलो हाफको पेनाल्टीमा पनि एनअारटीका खेलाडीको इन्टेनशनल हेन्ड थिएन। तर रेफ्रीले पेनाल्टीको मौका दिएका थिए।

एनआरटीले गलत निर्णयको सिकार भएको भन्दै म्यान अफ दि म्याच घोषित गोलरक्षक अजित प्रजापतिलाई उक्त ट्रफी लिनबाट एनअारटीका अफिसियलहरुले रोक्ने गर्ने प्रयास गरेका थिए। त्यसपछि केही समय मैदान रणभूमिजस्तै बनेको थियो। १२ औं मिनेटमै एनअारटीका रोजित पुडासैनीले गोल गर्दे टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए।

तर आर्मीका सन्तोष तामाङले ३८ औं मिनेटमा पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको ६४ औं मिनेटमा राजेश परियारले एनअारटीलाई अग्रता दिलाए। जुन अग्रता अन्तिम केही सेकेन्ड बाँकी रहँदा आर्मीले तोडेको थियो।

एनअारटीका प्रशिक्षक महेश्वर मुल्मीले आफूहरुले रेफ्रीको गलत निर्णयले तीन अंक गुमाउन पुगेको बताए। उनले भने ‘सधैं विवादित रेफ्रीलाई हाम्रो खेलको जिम्मेवारी दियो। उनले आफ्नो गलत निर्णयको निरन्तरता दिंदै अन्तिम समयमा आर्मीलाई फ्रिकिक दिए,’ उनले थपे, ‘अब हामी रेफ्रीविरुद्ध एन्फामा उजुरी दिन्छौं तर एन्फाबाट रेफ्रीलाई कारबाही हुने सम्भावनानै छैन।’

आक्रोसित देखिएका एनअारटीका अफिसियलहरुले सुरुवातबाटनै षड्यन्त्र सुरु भएका भन्दै लिगको औचित्यमाथि नै प्रश्न उठाए। आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलमै टिम दबाबमा परेको बताए। उनले भने, ‘हामीले सहज खेल्नु पर्थ्यो तर सकेनौं। पहिलो खेलमै भएको यस्तो प्रदर्शन हाम्रा लागि ठूलो चुनौती हो।’


  •  
  •  
  •