अमेरिकामा एनआरएनको नयाँ च्याप्टर

315
  •  
  •  
  •  

९ असार(‌ओएनएस) : गैरआवासिय नेपाली संघ (एनआरएनए) को  संयुक्त राज्य अमेरिकामा ‌ओरेगन राज्यमा एनआरएन च्याप्टरको विधिवत सुरुआत गरिएको छ ।

एनआरएनए संयुक्त राज्य अमेरिका अध्यक्ष डा. केशव पौडेलले एनआरएनए ‌ओरेगन च्याप्टरको उद्घाटन गर्नुभएको छ । अमेरिकाको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपाली समूदायको हितमा काम  गर्न तथा नेपाली समुदायलाई एकतामा बाध्नको लागि च्याप्टर गठन गरिएको हो ।

च्याप्टरको अध्यक्षमा दिवाकर महर्जन तथा उपाध्यक्षमा दयारत्न शाक्य छन् । यसैगरी शाखामा सुनिलराज कर्णिकार महासचिव र जितेन्द्र बज्राचार्य कोषाध्यक्ष छन् । सदस्यहरुमा डा. मनोज कंसाकार, डा. रविनमान शाक्य, सीताकुमारी राई, सृजना स्थापित, रमेश भण्डारी, प्रदीप बज्राचार्य र सूर्य थापा क्षेत्री ओरेगन शाखाको कार्यसमिति सदस्यमा चुनिएका थिए । संस्थामा एक सय भन्दा बढि साधारण सदस्य छन् ।

NRNA Oregon chapter (3)

च्याप्टरको पहिलो साधारणसभा पोर्टल्याण्डस्थित हलिउड तेक्वान्दो स्कुलमा गत जुन १९ गते सुरु भएको थियो ।  च्याप्टरको उद्घाटनको असवरमा इन्टरनेसनल ओपन फेन्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइ.ओ.एफ.टी.सी) ‌ओलम्पिक डे पीस वाक को पनि आयोजना गरिएको थियो । प्रमुख अथिति  डा पौडेलले ओलम्पिक डेमा गरिको कार्यक्रमको प्रशंसा गर्दै पोर्टल्याण्ड भएको कार्यकमले एनआरएनएको अभियानलाई सहयोग पुग्ने बताउनुभयो ।

NRNA Oregon chapter (1)

आइ.ओ.एफ.टीसीको आयोजनामा भएको ‌ओलम्पिक पीस वाकले ओरेगन क्षेत्रमा रहेका नेपाली समुदायलाई एक ठाँउमा उभ्याउन सहायोग गरेको थियो ।  आइ.ओ.एफ.टीसीका महासचिव क्यारेन ब्ल्याकलेजले एनआरएन अमेरिकाका अतिथि तथा अमेरिकिस्थित नेपाली दूतावासबाट आउनुभएका अथितिलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा अमेरिकास्थित नेपाली दूतावासका उपप्रमुख ऋषिराम घिमिरे तथा दूतावासका प्रतिनिधि दिपक शर्माले ‌ओरेगन राज्‍यबाट एमआरपी वितरण सेवाको सुरुआत समेत गर्नुभएको थियो । घिमिरेले नयाँ निर्वाचित एनआरएनए ओरेगन च्याप्टरको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

एनआरएनए ओरेगन च्याप्टरका अध्यक्ष महर्जनले राज्यमा नेपाली समूदायका सुख-दुखमा संस्थाले काम गर्ने बताउनु भयो । उनले च्याप्टरको मूल नारा ‘एक पटक नेपाली, सधै नेपाली ‘ भएको समेत बताउनुभयो ।

यस्तै च्याप्टरका महासचिव सुनिलराज कर्णीकारले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद दिनुभयो । कर्णीकारले दूतावासले ‌ओरेगन राज्यबाटै एमआरपी पासपोर्ट लिने व्यवस्था गरिदिएकोमा धन्यावाद  दिनुभयो ।   राजकर्णिकारले ‌ओरेगन च्याप्टरले नेपाली समूदाय र एनआरएनए अमेरिकाबीचको पुल बनेर काम गर्ने समेत बताउनुभयो ।

कार्यकममा आदिवासी जनजाति संघ क्यालिफोर्नियाका दण्डी शेर्पाले एनआरएनए ओरेगन च्याप्टरले यस क्षेत्रका नेपाली समूदायको हितमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रम च्याप्टरका उपाध्यक्ष दया शाक्यको समन्वयमा भएको थियो ।NRNA Oregon chapter (4)


  •  
  •  
  •