एनआरएनए अध्यक्षद्धारा छात्रवृत्तिका लागि ५ लाख सहयोग

273
  •  
  •  
  •  

shes ghaleकाठमाडौ, २१ पुस : गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले काठमाडौको एक सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार छात्रछात्राको छात्रवृत्तिका लागि ५ लाख रूपैयाँ सहयोग गरेका छन् ।

गत हप्ता काठमाडौको टौदहस्थित शुभकामना माध्यमिक विद्यालयमा आयोजित बिशेष कार्यक्रममा अध्यक्ष घलेले ‘एमआईटी च्यारिटी’का तर्फबाट सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोगलको सहयोगमा स्थापना भएको सो विद्यालयका विद्यार्थीले एलएलसीमा डिस्टिङसन र फस्ट डिभिजनसहित सतप्रतिशत नतिजा हात पार्दै आएका छन् ।

विद्यालयको वार्षिक उत्सवका अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित अध्यक्ष घलेलाई विद्यालय व्यवस्थापनले सम्मानसमेत गरेको थियो ।

सो अवसरमा अध्यक्ष घलेले बीचमै पढाई छाडेर रोजगारीमा जाने प्रवृत्तिलाई रोक्दै शिक्षालाई जोड दिनुपर्ने बताए । शिक्षा नै सम्वृद्धिको आधार भएकाले आफूले छात्रवृत्तिमार्फत् सहयोग गरेको बताए ।


  •  
  •  
  •