गैरआवासीय नेपालीको लगानीमा म्याग्दीमा बृद्धाश्रम निर्माण

245
  •  
  •  
  •  

jestha nagarik  building oppening in galeshorकाठमाडौ, २८ चैत(ओएनएस) : गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीहरुले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो ।
१६ कोठा, दुई भान्छा कोठा र दुई शौचालययुक्त सो भवन निर्माणका लागि ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरिएको छ ।

नवमिर्तित भवनको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष श्री शेष घले र नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले शुक्रबार संयुक्त रूपमा उद्घाटन गरेका छन् । यसैगरी गलेश्वर मन्दिर परिषरमा निर्मित बहुउद्देश्यीय सत्संग भवनको पनि शुक्रबार नै एनआरएन अध्यक्ष घलेले उद्घाटन गरे ।

“यो नै गैरआवासीय नेपालीले सामूहिक प्रयत्नबाट नेपालमा निर्माण गरेको पहिलो ठूलो परोपकारी काम हो ।”, अध्यक्ष घलेले भने, “हाम्रो सानो-सानो प्रयत्नले पनि नेपालमा ठूलो सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो, यसबाट मलाई ब्यक्तिगतरुपमा र गैरआवासीय नेपाली संघलाई ठूलो उत्साह मिलेको छ ।”

jestha nagarik vawan in myagdiपछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका कारण नेपालमा सामाजिक सम्बन्ध र संरचनाहरू खल्बलिएको बताउँदै त्यसलाई रोक्ने र नेपालमै सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउन नेपालका नीति निर्माताहरुलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गरिरहेको भन्दै उनले नेपालको सम्बृद्धिका लागि सामूहिक प्रयत्न गर्न र नेपाल सरकारसँग सहकार्य गर्न संसारभरका गैरआवासीय नेपालीहरु तयार रहेको बताए ।

उपप्रधानमन्त्री एवं स्थानीय विकाशमन्त्री प्रकाशमान सिंहले गैरआवासीय नेपालीहरुको परोपकारी मन र सदभावको प्रसंसा गर्दै गाउँमा सुविधासम्पन्न बृद्धाश्रम बनाउन पहल गर्ने सबै एनआरएनहरुलाई सरकारका तर्फबाट आभार प्रकट गरेका छन् ।

नेपालमा संविधान नबनेसम्म दिगो शान्ति र स्थायित्व नहुने भन्दै उनले लोकतान्त्रिक संविधानमार्फत् नेपालमा स्थायित्व कायम गर्न प्रयास भइरहेको बताए । कार्यक्रममा म्याग्दीका जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासद, बेलायतबासी गैरआवासीय नेपाली प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।


  •  
  •  
  •