एनआरएनए जापानको निर्वाचन कार्यतालिका सार्वजानिक

379
  •  
  •  
  •  

NRNA-NCC-Japan
जापान, १८ साउन (ओएनएस) : गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी अधिवेशनको निर्वाचन कार्यतालिक सार्वजनिक गरिएको छ । नेतृत्व चयनका लागि हुने अधिवेशनको निर्वाचन कार्यतालिका मंगलबार सार्वजानिक गरिएको हो ।

विज्ञप्ती जारी गर्दै एनआरएनए जापानका अध्यक्ष सुदन थापाले संघको २६ औँ बैठकले निर्वाचन तालिका तथा निर्वाचन आयुक्त्तहरु चयन गरेको जनाए । बैठकले एनआरएनए आईसीसी सदस्य ओम गुरुङलाई प्रमुख निर्वाचन आयुक्त चयन गरेको छ भने आईटी प्रमुख वेद काफ्ले सहित डा भुपालमान श्रेष्ठ, मेघराज नेपाल र पुष्कर थापालाई सदस्यमा चयन गरेको छ।

गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले आवश्यकता अनुसार थप सदस्यता समेत थप गर्ने जनाएको छ।
यसैगरि सोही वैठकले नयाँ कार्यकालका लागि अगष्ट ५ र ६ तारिखमा उम्मेदवारी दर्ता गर्ने अगष्ट १० देखि १२ सम्म उम्मेदवारी फिर्ता, अगष्ट १३ तारिखमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।

यस्तै सर्वसम्मत नभएका पदहरुको लागि २०१७ सेप्टेम्वर ३ तारिख निर्वाचन गरि सेप्टेम्वर १० तारिक सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने तालिका सार्वजानिक गरेको छ।

यसैवर्षदेखि लागु हुने गरि कार्यसमितिमा निर्वाचित पद संख्या १५ जना तोकिएको छ । जसमा अध्यक्ष एकजना, बरिष्ठ उपाध्यक्ष एकजना, उपाध्यक्ष दुईजना, महिला उपाध्यक्ष एकजना, महासचिव एकजना, सचिव एकजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यÞ एकजना र सदस्यमा ६ जना (एक महिला अनिवार्य) गरि तोकेको छ।


  •  
  •  
  •