एनआरएनए जापानको नेतृत्वमा लामा, सदस्यको मतपरिणाम सार्वजनिक

258
  •  
  •  
  •  

NRNA512x512
जापान, १८ भदौ (ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चार पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

उपाध्यक्ष दुई, सचिव एक, महिला सदस्य एक र केन्द्रीय सदस्य पाँच गरि चार सदस्यका लागि निर्वाचन भएको हो । अनलाइन भोटिङ्गमार्फत गरिएको निर्वाचनमा ७२.६५ भोट अर्थात ७५०३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा उपाध्यक्षमा शिब प्रसाद पौडेल ४२७६ मत र सरोज कुमार खत्रीले ३९५८ मत पाएर विजयी भएका छन्।
दुई उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेकोमा ४ हजार २६७ मतसहित शिवप्रसाद पौडेल र ३ हजार ९५८ मतसहित सरोजकुमार खत्री निर्वाचित भएको निर्वाचन समितिका संयोजक ओम गुरुङले जानकारी दिए । यस्तै, सचिवमा दुई जनाको उम्मेदवारी परेकोमा ३ हजार ७७४ मतसहित जनकविक्रम शाही निर्वाचित भएका छन् ।

महिला सदस्यमा सिर्जना पाण्डेले ३३४० मत विजयी भएकी छन् । त्यस्तै केन्द्रीय सदस्यमा सदस्यमा हस्त लामा (३००१), बालकृष्ण कँडेल हिमाल )२५८७), लालबहादुर रावल (२५६२), नारायण खडका (२४४४) र राजन पौडेल (२४१२) विजयी भएका छन् ।

यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा बुद्धिराज घिमिरे, कोषायक्षमा कालिका थापा र सह–कोषाध्यक्षमा राम थापा सर्वसम्मत चयन भइसकेका थिए ।


  •  
  •  
  •