अफ्रिकामा राजदूतावास स्थापना गर्न एनआरएनएको माग

146
  •  
  •  
  •  

nrna afrikaकाठमाडौँ, १२ पुस (अाेएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफ्रिकी मुलुकमा राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेको छ ।

हालै सम्पन्न एनआरएनएको अफ्रिका बैठकले अफ्रिकी मुलुकमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको उपस्थितिलाई ध्यान दिँदै सरकारले राजदूतावास स्थापना गर्न माग गरेको हो ।

साथै अफ्रिकाका विभिन्न मुलुकमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न समेत एनआरएनले माग गरेको छ

बैठकपछि जारी घोषणा पत्रमा रोजगारीका लागि अफ्रिका आउने नेपालीका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसकको प्रक्रियालाई सहज बनाउन, पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीलाई अलपत्र पार्ने घटना बढेकाले त्यसको समाधानका लागि उचित कदम चल्न तथा आवश्यक संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

एनआरएनए अफ्रिका राहत कोषको रकम वृद्धि गरी १५ लाख पुर्याइयो  
nrna-afrika1संघले स्थापना गरेको ‘एनआरएनए अफ्रिका आपत्कालीन राहत कोष’ को रकमलाई वृद्धि गर्ने भएको छ ।

बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका तथा अलपत्र परेका नेपालीको उद्दार तथा राहतका लागि स्थापना गरिएको राहत कोषलाई वृद्धि गरेर कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने घोषणा पत्रमा उल्लेख छ ।

साथै संघले नेपाली समुदाय रहेका तर एनआरएनए राष्ट्रिय समन्वय परिषद नभएका अफ्रिकाका विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने भएको छ । भने, कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाइने भएको छ ।

 


  •  
  •  
  •