एनआरएनए अन्तर्गतको मिडिया टाक्स फोर्स गठन

86
  •  
  •  
  •  

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ।

गैरआवासीय नेपाली संघका प्रवक्ताद्वय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन्। समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ।

प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन्। समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन्।

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवाददाता चिरन शर्मालाई दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ।

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ। गैरआवासीय नेपाली संघका महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्गत रहेको सो समितिलाई प्रवक्ताद्वयको सिफारिसमा उपमहासचिवद्वय रामशरण सिंखडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरञ्जिवी खड्काले जानकारी दिए।


  •  
  •  
  •