बाढीपीडितलाई सहयोग गर्न एनआरएनको अभियान

194
  •  
  •  
  •  

pant

काठमाडाै‌ं, २९ साउन (अाेएनएस) : नेपालमा बाढीपहिरोले विकराल रुप लिन थालेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सहयोग अभियान थालेको छ।

एनआरएनए, मानवीय सहायता समितिले अपिल जारी गर्दै सहयोगका लागि आह्वान गरेको हो। संघका उपाध्यक्ष एवं समितिका संयोजक कुमार पन्तले अभियानका लागि एक लाखको घोषणा समेत गरेका छन्।

‘मातृभूमिमा आइपरेको यो विपत्तिप्रति गैरआवासीय नेपाली संघ परोपकार तथा मानवीय सहायता समितिको गम्भीर ध्यानाकर्षण भएको छ। विपतको घडिमा एकजुट भएर अप्ठ्यारा परिस्थिति सामना गर्नु नेपालीको विशेषतै हो। त्यसैले ती स्थानका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उद्दारसँगै तत्काल स्वच्छ खानेपानी, खाद्यान्न एवं लत्ताकपडा पुर्याउनु पर्ने कर्तव्य हामी सामु खडा भएको छ,’ जारी अपीलमा भनिएको छ।

संघले विश्वभर छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट मानवीय सहयोगका लागि अपेक्षा गरेको छ। बाढीपीडितका लागि प्रतिबद्धता गरेको रकम गैरआवासीय नेपाली संघको निम्न बैंक ठेगानामा जम्मा गरिदिनु पनि उनले अनुरोध गरेका छन्


  •  
  •  
  •