१८ हजार २ सय ९३ जना नेपालीको उद्धार

292
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन शुरु भएपछि विभिन्‍न देशमा रोकिएका नेपालीको उद्धारको क्रम तीव्र बनाइएको छ ।

गैरआवसिय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीति नियोगको संयुक्त पहलबाट जुन पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिसकिएको छ ।

अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यान्मार, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरब, सिंगापुर, हङ्‍कङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किएका छन् ।

यसैबीच विदेशमा मृत्यु भएका ३ सय ५२ नेपालीमध्ये १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी छ । तीमध्ये १ सय ३२ नेपालीको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।


  •  
  •  
  •