एनआरएनद्वारा अध्यक्ष घले दम्पत्तिलाई बधाई

454
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस) :  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद् (आईसीसी)ले अध्यक्ष शेष घले तथा उनकी धर्मपत्नी जमुना गुरुङले हालै एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गर्नुभएकोमो प्रसंसा गर्दै बधाई ज्ञापन गरेको छ ।

संघको जनवरी १० तारिख शनिवार सम्पन्न आईसीसी बैठकले घले दम्पत्तिको उक्त घोषणाले बिश्वभर रहेका गैरआवासीय नेपालीको शीर उच्च बनाएको र गैरआवासीय नेपालीको भातृभूमीप्रतिको आस्था र सम्मानलाई अझ उजागर गरेको ठहर गरेको छ ।

शिक्षा र स्वास्थ्य जस्ता प्राथमिक र आधारभूत सुबिधा सवै नेपालीको पहुँचमा पुग्न नसकेको अबस्थामा दुर्गम ग्रामिण बस्तीका विपन्न परिवारलाई सेवा पु¥याउने घले दम्पत्तिको अभियान ऐतिहासिक उपलब्धि भएको वैठकले ठहर गरेको छ ।

साथै बैठकले घलेको उक्त कार्यले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी कार्यमा योगदान दिन प्रोत्साहन र हौसला प्रदान गरेको ठहर गरेको छ ।

गत बिहीबार आफुले आर्जन गरेको सम्पत्तिबाट एक अर्ब खर्च गर्नेगरी एमआईटी ग्रुप फाउण्डेसन स्थापना गरी नेपालमा परोपकारी कार्य थाल्ने घलेले घोषणा गरेका थिए ।


  •  
  •  
  •