सागका विजेतालाई एनआरएनएद्वारा बधाई

475
  •  
  •  
  •  

काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएनए)ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेतालाई बधाई व्यक्त गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै सागमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति गैरआवासीय नेपाली संघ अत्यन्त खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरेका हुन् ।

एनआरएनएले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य (२०६) पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिएका सरोकारवाला पक्षलाई समेत बधाई ज्ञापन गरेको हो ।

विज्ञप्त्मिा भनिएको छ, ‘विशेषतः पौडी प्रतियोगितामा सहभागी यूके निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (४ स्वर्ण, २ रजत र ३ कास्य) र लन टेनिस (सिंगल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य) ले प्राप्त गरेको सफलताले हामी अत्यन्त उत्साहित भएका छौँ । उहाँहरु दुवैलाई संघ हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।’

दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने सोचलाई उनीहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको महसुस भएको एनआरएनले जनाएको छ ।

 

 

 


  •  
  •  
  •