भारतको नयाँ नक्सामा नेपाली भूमि देखिएकोप्रति एनआरएनएको ध्यानाकर्षण

86
  •  
  •  
  •  

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागका रुपमा देखाएकोप्रति गैरआवसीय नेपाली संघ(एनआरएन)ले ध्यानाकर्षण गराएको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुबै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एक पक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दछौं ’

यस्तै एनआरएनएले विज्ञप्ति मार्फत मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने उल्लेख गरेको छ ।

एनआरएनएले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •