एनआरएनए निर्वाचनः औपचारिक घोषणापछि जे देखियो(तस्बिरमा हेर्नुहोस)

341
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त (जर्मनी) निर्वाचित भएका छन् । काठमाडौं हायत होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गरेको छ ।प्रतिस्पर्धी कुल आचार्यलाई १ सय ४७ मतले पछि पार्दै पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले १२१७ मत ल्याएका थिए भने प्रतिस्पर्धी आचार्यले १०७० मत ल्याएका थिए ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा(बेलायत) १२३९ ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत ल्याएकी थिइन् ।

यस्तै उपाध्यमा बद्री केसी(रसिया), सोनाम लामा(अमेरिका), अर्जुनकुमार श्रेष्ठ(बेल्जियम) र मन केसी(अष्ट्रेलिया) निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा(अमेरिका) निर्वाचित भएकी छन् । सचिवमा गौरी जोशी(अमेरिका) र आरके शर्मा(मध्यपूर्व)

निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष मेहेश श्रेष्ठ (जापान) र सहकोषध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।
निर्वाचित समिति नयाँ कार्यसमितिलाई बाजागाजासहित अबिरजात्रा गरिएको छ ।

तस्बिरमा हेर्नुहोस्

यो पनि हेनुर्नहोस्

एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

एनआरएनए निर्वाचनः कसको पल्ला भारी ?

के एनआरएन अभियानले नेपाललाई नाति फोर्डहरु दिन सक्ला ?

 

 


  •  
  •  
  •