एनआरएनए क्यानडामा नयाँ सदस्य थप, मिडिया संयोजकमा तिमल्सिना

51
  •  
  •  
  •  

टोरोन्टो । गैर आवासिय नेपाली संघ (एनआरएनए) क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिक रुपमा कार्यभार सम्हालेसँगै कार्यसमितिमा थप नयाँ सदस्यहरु थपिएका छन् ।

ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले संयोजक र केही सल्लाहकार नियुक्त गरेको हो ।

  यसरी नियुक्त हुनेहरुमा मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदिप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराई रहेका छन् ।

यस्तै स्वास्थ्य सम्बन्धिमा सुरेश गौतमलाई संयोजक तोकेको छ । क्यानडा खबरका हाल सम्पादक रहेका पत्रकार तिमल्सिना नेपालका नेपाल एफएम नेटवर्क, गोर्खा एफ, कोशीएफएम, न्यूज २४ टेलिभिजन जस्ता संचार गृहमा समाचार वाचन तथा सम्पादन गरिसकेका व्यक्ति हुन् ।

नवनिर्वाचितअध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको बैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिए ।

बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित हुने सबै संयोजक तथा सल्लाहकारलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यसैबीच नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ ।
यहि सेप्टेम्बर महिनाको १९ का दिनविभिन्न स्थानीय नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए ।

यसकार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारी गराइने र नेपाल जान उनीहरुलाई प्रेरित गरिने बताइएको छ ।

यसअघि नेपाल पर्यटन बोर्ड क्यानडा लगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागाशहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि व्यानरहरु टासेर क्यानडामा सुरुवात गरिसकेका छन् । अहिले यि सहरहरुकावसमा नेपाल सम्बन्धि व्यानरहरु धेरै जसोमा देख्न सकिन्छ ।


  •  
  •  
  •