एनआरएन मन्त्रालयको माग

52
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) :गैर आवासीय नेपालीहरुले आफ्ना लागि छुट्टै मन्त्रालय गठनको माग गरेका छन् । एनआरएनका मुद्दालाई सम्बोधन गर्नका लागि मन्त्रालय आवश्यक परेको भन्दै उनीहरुले यस्तो माग यस्तो माग गरेका हुन् ।

आइतवार राजधानीमा आयोजित एक कार्यक्रमवीच एनआरएन कृष्णप्रसाद पोखरेलले एनआरएन मन्त्रालय स्थापना गर्नसके नेपालमा लगानी भित्र्याउन सहज हुने बताए ।
‘नेपालमा लगानीका अनुमति लिनका लागि पनि समस्या भएकोले मन्त्रालय आवश्यक छ’ उनले भने । एनआरएनका लागि सुरक्षित भुमि भएकोले पनि नेपालमा लगानी गर्न चाहने उनले जानकारी दिए ।

माइक्रोसफ्ट,गुगल,एप्पललगायत विश्वका ठूला कम्पनीमा एनआरएनहरुको संलग्नता रहेको उनले जानकारी दिए ।   कार्यक्रममा अर्का एनआरएन खगेन्द्र जिसीले अन्य विदेशी लगानीकर्ता भन्दा एनआरएनलाई लगानीको अवसर दिँदा देश विकास हुने बताए । ‘नेपालप्रति भावनात्मक सम्वन्ध भएकाले एनआरएनलाई लगानीको अवसर दिँदा पनि देशका लागि राम्रो हुन्छ’ उनले भने । तर त्यसका लागि सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनले जानकारी दिए ।

सो अवसरमा सञ्चारमन्त्री मिनेन्द्र रिजाल,उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे, सुदिप सिंखडा,राम थपलिया,राष्ट्रिय योजना आयोगका निवर्तमान अध्यक्ष जगदिश पोखरेललगायतको सहभागिता रहेको थियो ।


  •  
  •  
  •