‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण

238
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न शुरु गरेको छ ।

एनआरएनएका अध्यक्ष भुवन भट्टले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना कार्ड वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउने उदेश्यले कार्ड वितरण शुरु गरिएको  अध्यक्ष भट्टले बताए ।

कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था पनि गर्न लागिएको उनको भनाइ छ ।

दुई वर्षसम्म नविकरण गर्न नपर्ने सो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।  यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने समेत अध्यक्ष भट्टले बताए ।

एनआरएनएमा करिब ७० हजार सदस्यहरु आवद्ध रहेका छन् । उनीहरुलाई सो कार्ड वितरण गर्दा जम्मा हुने रकम विपद् व्यवस्थापनका लागि तत्काल उपयोगमा ल्याउन सहज हुने समेत जानकारी दिइएको छ ।


  •  
  •  
  •