मेलबर्न, १३ साउन (ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाण्डौमा कार्यालय भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको छ ।
जुलार्इ महिनाभर अष्ट्रेलियाका मुख्य चार शहरमा संचालित अभियानबाट झन्डै २ करोड रूपैयाँ संकलन भएको हो । पछिल्लोपटक गत शनिवार मेलवर्नमा आयोजित गाला डिनर कार्यक्रममा भिक्टोरिया क्षेत्रमा बसोबास गर्ने एनआरएनहरूले करिव ७० लाख रूपैयाँ संकलनको प्रतिबद्दता जनाएका छन् ।
यसअघि अष्ट्रेलियाकै सिड्नीबाट करिव १ करोड, क्यानबेराबाट १३ लाख र ब्रिसबेनबाट १५ लाख रुपैयाँको प्रतिबद्धता आइसकेको छ ।
ुहाम्रो घर, हाम्रै दायित्वु भन्ने नाराका साथ सुरु भवन निर्माण अभियान अन्तर्गत शनिवार मेलबर्नको एस्टोनियन हाउस ब्रंज्विकमा आयोजित गाला डिनर कार्यक्रममा उपस्थित भिक्टोरिया क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरुले स्वतस्फूर्तरुपमा भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट गच्छेअनुसार सहयोग रकम घोषणा गरेका थिए।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संबिधानसभाका सभासद् राजिबबिक्रम शाह, भिक्टोरियाका लागि नेपाल सरकारका मानार्थ कन्सुलर जनरल चन्द्र योञ्जन, एनआरएन केन्द्रिय सचिब रन्जु थापा, प्रबक्ता मन केसी, ओसिनिया क्षेत्रीय संयोजक बिष्णु हमाल, भबन निर्माण समितिका ग्लोबल इभेन्ट्स टिमका गणेश केसी, आइसीसी सदस्य दीपा रार्इ, आइसीसी सदस्य डा। राजु अधिकारी, एनआरएनए एनसिसि अस्ट्रेलिया सचिब भरत पोख्रेल लगाएत बुद्दिजिबि, पत्रकार, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र जन्म दिएर हुर्काउने माटोको लागि केहि गर्नु पर्छ भन्ने भावना बोक्ने नेपालीहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आफ्नो मातृसहरमा सबैको हौसलापूर्ण सहयोगमा भएको यो कार्यक्रमले आफुलाई निकै उर्जा मिलेको बताए ।
ुअष्ट्रेलियामा रहनुभएका हरेक गैरआवासीय नेपालीको सहभागितामा हामीले यो सफलता हात पारेका छौं, सामूहिक पहल भयो भने हामी जस्तोसूकै काम गर्न पनि सफल हुन्छौं भन्ने उदाहरण हो यो।ु अध्यक्ष घलेले भने,ुअष्ट्रेलियाका एनआरएनहरुले बिश्वभरका एनआरएन अभियन्ताहरुलाई उर्जा थपिदिनुभएको छ, यो अभियानमा खट्ने संयोजकहरु तथा सवै एनआरएनको जति प्रसंसा गरे पनि कम हुन्छ।ु आगामी एनआरएन डे अर्थात् अक्टोवर ११ सम्ममा भवनको सिलन्यास गरिसक्ने उहाँले जानकारी दिए ।
‘अस्ट्रेलियाबाट सुरु भएको यो अभियान बिश्वका सबै भागका नेपाली समक्ष पुग्दै काठमान्डुमा भवन निर्माण सम्पन्न गरेर मात्र बिश्राम लिने छ’ उनले भने ।