गैरआवासीय नेपालीको लगानीमा औषधि उद्योग शुरु

87
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपालीको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे ।

नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए ।


  •  
  •  
  •