
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित भएका छन् । आइतवार राति भएको निर्वाचनमा डिलुराम पराजुलीलाई पराजित गर्दै बञ्जाडे विजयी भएका हुन् ।
बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती र महासचिवमा रामहरि अधिकारी निर्वाचित भएका छन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडे यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष थिए ।