सीपयूक्त नेपाली जनशक्तिबाट फाइदा उठाउने गरि अगाडी बढ्न सरकारलाई एनआरएनको सुझाव

161
  •  
  •  
  •  

nrn-logoकाठमाडौं, १० मंसिर (ओएनएस) :  गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेले प्रवासमा बढ्दै गइरहेका सीपयूक्त नेपाली जनशक्तीबाट फाइदा उठाउने गरि अगाडी बढ्न सरकारलाई सुझाव दिएका छन् ।

थाईल्यान्डस्थित नेपाली समुदायबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव दिएका हुन् । उनले नेपालको आथिर्क समुन्नतिका लागि थाईल्यान्डबाट सुरु भएको  स्थानीय नेपाली  नियोग र एनआरएन थाईल्यान्डबीचको सहकार्य अत्यन्त प्रशंसनीय रहेको जानकारी दिए ।
‘यस अभियानलाई विश्वभरी फैलाउन सकेमा नेपालको  आथिर्क उन्नतिमा प्रतक्ष्य प्रभाव पार्न सक्छ’ उनले भने । साथै घलेले सरकारले एनआरएनलाई एक सशक्त साझेदारीको रुपमा उपयोग गर्नुपर्ने सुझाव दिए ।

सो अवसरमा कार्यबाहक राजदुत डोरनाथ अर्यालले एनआरएन थाइल्यान्डले बिगत एक बर्षमा नेपाली समुदायको हित र नेपालको पर्यटनको विकासमा उल्लेख्य योगदान  पु¥याएको जानकारी दिए ।

‘लागु पदार्थको कारोबार र मानब तस्करीमा नेपालीको संलग्नताले नेपालको नाम विग्रीदै गएको छ, उनले भने  त्यसलाई सबैले मिलेर निरुत्साहित त्यस्ता कुरीतिलाई निरुत्साहित गर्नुपर्छ ।’

अर्यालले नेपाल सरकारको नीतिअनुसार थाइल्यान्डमा एनआरएन लगायतका संस्थाहरुलाई समेटेर केहि महिना अगाडी आथिर्क कुटनीतिक समिति स्थायी रुपमा गठन गरि अगाडी बढिरहेको अर्यालले जानकारी गराए । ‘यो अभ्यास सम्भवत विश्वमै पहिलो र नमुना कार्य हो’ उनले भने ।


  •  
  •  
  •