एनआरएन क्षेत्रीय सम्मेलन जापानमा सुरु

160
  •  
  •  
  •  

जापान २ असोज (ओएनएस) :  गैर-आवासीय नेपालीहरुको क्षेत्रीय सम्मेलनजापानको नागानोमा शुरु भएको छ  । सम्मेलनको सभासद तथा कांग्रेसका युवा नेता गगन थापा, जापानका लागि नेपाली राजदुत मदन भट्टराई, एनआरएन अध्यक्ष शेष घले, निवर्तमान अध्यक्ष जीवा लामिछानेले सयुक्त रुपमा सम्मेलनको उद्घाटन गरे ।

बिभिन्न मुलुकबाट आएका प्रतिनिधि सहित करिब ३०० जनाको उपस्थिति छ । संसारभरिका नेपालीहरुले अत्यन्त चासो र उत्सुकतापूर्वक हेरिएको यस सम्मेलन महत्वपूर्ण भएको एनआरएनले जनाएको छ ।  सम्मेलनले समृद्ध नेपाल निर्माणका लागि आर्थिक मार्गचित्र कोर्ने उपाध्यक्ष तथा सम्मेलनका संयोजक भवन भट्टले ओएनएस न्यूजलाई जानकारी दिए ।

प्रवासमा रहेका नेपालीका ज्ञान, सीप, अनुभव, आर्थिक पूँजी, बौद्धिक पूँजीजस्ता कुरालाई मुलुक भित्र्याइ देश निर्माणमा एनआरएनले अब नयाँ शिराबाट काम थाल्नुपर्ने यो सम्मेलनले आगामी वर्षका लागि स्पष्ट कार्यदिशा तय गर्नैपर्ने पनि उनले स्पष्ट गरे । ‘‘समृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ भन्ने मुल नारा रहेको यस पटकको सम्मेलन मुलतः आर्थिक मुद्दामै केन्द्रीत रहने उनले जानकारी दिए ।

10714614_10152795173918825_971604404_n
सम्मेलन अर्थमन्त्री डा रामशरण महतले उद्घाटन गर्ने भनिएपनि व्यस्थताका कारण आउन नसकेपछि काठमाडौंबाटै स्काइप मार्फत सम्बोधन गरेका छन् ।

10714797_10152795173803825_89573314_n
सम्वोधनका क्रममा अर्थमन्त्री महतले गैर आवासीय नेपालीहरुको प्रशंसा गर्दै नेपाल सरकार साथमा रहेको प्रतिवद्धता जनाए । सम्मेलनले पारित गरेका प्रस्तावनालाई दस्तावेजकारुपमा स्मारिका प्रकाशित गरिने छ । विगतमा भएका सम्मेलनले पारित गरेका घोषणा पत्रको पनि सम्मेलनमा समीक्षा गरिनेछ ।

 ghaleसम्मेलनलाई सम्वोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले पछिल्लो क्रममा सरकारका सकारात्मक निर्णयले आफुहरु लाइ उत्साहित बनाएको  बताएका छन । उनले सबै कम नेपालीका निम्ति भएको दावी गर्दै हिजो जे गरेको थियो त्यो पनि नेपालका निम्ति गरिने र अब जे गरिन्छ त्यो पनि नेपाल र नेपालीका निम्ति नै हुने दावी गरे । नेपाली भएर  नेपालीका लागि विदेशमा काम गर्दा निकै गौरब महसुस हुने उनको भनाइ छ  ।

bhaban
आइसीसी उपाध्यक्ष भबन भट्ट

एनआरएन आइसीसी उपाध्यक्ष भबन भट्टले नेपाल सानो भए पनि नेपाली विश्व भरि रहेकोमा गर्वगर्नु पर्ने बताए । उनले सम्मेलनबाट नेपालको विकासका लागि मार्गचित्र कोरिने बताए । ‘हामि नेपालीको अनुभब र कार्यशिलताले नै हामीलाई सफलता तिर लैजान्छ’ सम्मेलनको बारेमा जानकारी गराउँदै उनले भने  ‘हामी जहाँ भय पनि नेपाल र नेपालीको हितको लागि अगाडी बढेका छौ ।’


  •  
  •  
  •