एनआरएनको युरोप क्षेत्रीय बैठक सम्पन्न

316
  •  
  •  
  •  

जेठ २६ (ओएनएस) ? गैरआवासीय नेपालीको सातौं क्षेत्रीय बैठक तथा पाँचौ महिला भेला स्पेनको बार्सिलोनामा भएको छ । विधिन्न निर्णय गर्दै सम्मेलन आइतबार सम्पन्न भएको छ । यूरोपमा नेपाली अभियान, नेपाल र नेपालीको पहिचान’ भन्ने नाराका साथ सुरु भएको बैठकमा यूरोप क्षेत्रका नेपाली कामदारका समस्या, आर्थिक कूटनीति, नेपालमा लगानी प्रवद्र्धनको सम्भावना, नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीलगायतका बिषयमा छलफल तथा निर्णय भएको छ ।

ेसम्मेलनको उद्घाटन गर्दै नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा साभासद प्रकाशशरण महतले देशले समयै संविधान नपाउँदा अन्योलताछाएको टिप्पणी गरे । उ दोस्रो संविधानसभाबाट कुनै पनि हालतमा संविधान बन्ने दाबी गरे । उनले भने, ‘आगामी माघ ८ गतेसम्म देशले नयाँ संविधान पाउँछ ।’

उनले अघिल्लो संविधानसभाबाट संविधान नबन्नुमा सबै राजनीतिक दलको कमजारी भएको उल्लेख गर्दै हाल संविधानसभाका विभिन्न समितिहरुले सक्रियरुपमा काम गरेको कताए ।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले नेपाली सांस्कृति, आर्थिक विकासका लागि गैरआवासीय नेपालीले जोड दिनुपर्ने धारणा राखे ।

उद्घाटनसत्रमा बोल्दै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुको सामूहिक लगानीमा सुरु भएको पहिलो हाइड्रो प्रोजेक्ट प्रयोगका गरिएकोमा सफल भएको बताए । उनले गैरआवासीय नेपाली संघका मुद्दाहरु अँझै बाँकि रहेकोले त्यसका लागि नेपाल सरकारसँग मिलेर जान सकिने बताए । उनले नँया बन्ने संविधानमा गैरआवासीय नेपालीको नागरिकताको निरन्ताको सुनिश्चत गर्न आगह गरे ।

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक रामप्रताप थापाले १० बर्षको अभियानले गैरआवासीय नेपाली संघले अहिले संस्थागत र परिपक्का हुदै गएको उल्लेख गरे । विदेशमा बस्ने नेपालीका राहादानी, सुरक्षित माइग्रेसनलगायतका समस्यालाई आगामी दिनमा सम्बोधन गर्नु पर्नेमा उनको जोड थियो ।
गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले समृद्ध नेपाल बनाउने जिम्मेवारी गैरअवासीय नेपालीमाथि आएको उल्लेख गर्दै त्यसका लागि प्रत्येक गैरआवासीय नेपालीले आफ्नो क्षमताअनुसार नेपालको समृद्धिका लागि लाग्नुपर्ने बताए । उनले नेपालीहरु विदेशमा मोजमस्ती गर्न नआएको बताउदै देश समृद्ध बनाउन लागेको जिकिर गरे ।
बैठकमा यूरोप, अमेरिका, मध्यपूर्व, अष्टे«लिया र जापानलगायतका मुलुकबाट करिब दुई सय जना नेपाली नागरिक र नेपालीभाषीको सहभागिता रहेको छ । ‘
उद्घाटनसत्रलाई गैरअवासीय नेपाली संघका संरक्षक इन्द्र बन, एनआरएन स्पेनका अध्यक्ष एकराज गिरी, एनआरएन यूरोप संयोजक अर्जुन श्रेष्ठ, नेपाली कन्सुलर लुइस बेलबिसलगायतले सम्बोधन गरे ।

गैरआवासीय नेपाली संघको विधानमा क्षेत्रीय संयोजकको अवधारणा आएपछि हरेका वर्ष युरोप क्षेत्रमा गठन भएका राष्ट्रिय समितिको संयुतm बैठक वार्षिक रूपमा बस्दै आएको छ । यस्ता बैठकमध्य पहिलो क्षेत्रीय बैठक सन् २००७ को जुलाईमा लण्डनमा र त्यसपछि सन् २००८ मा बेल्जियम, सन् २००९ मा पोर्चुगलमा सन् २०१० मा फ्रान्स, सन् २०११ रुसमा, सन् २०१२ मा नेदरल्याण्डमा सन् २०१३ मा स्वीजरल्याण्डमा बैठक सम्पन्न भएका थिए ।


  •  
  •  
  •