एनआरएन कतारको १२ औं स्थापना दिवस सम्पन्न

465
  •  
  •  
  •  

दोहा, १ पुस : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२ औं स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१४को समापन समारोह सम्पन्न भएको छ ।

nrn-qutar-12-th-establishment-dayएनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा सम्पन्न सो समारोह गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकजो हो । समारोहमा नेपाली राजदुतावास दोहा कतारका द्धितिय सचिव नितेश सापकोटा, एनआरएनए आइसीसीका उपाध्यक्ष टी. बी. कार्की, महासचिव कुमार पन्त, मध्यपूर्व क्षेत्रीय उप–संयोजक पूर्ण के सी, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लाहकार नरेन्द्र भाट, आइसीसी सदस्यद्वय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, एनसीसी साउदी अरेबियाका अध्यक्ष पुरुषोत्तम दास श्रेष्ठ लगायत एनसीसीकतारका संस्थापक, पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

nrn-qutar-12-th-establishment-day1राष्ट्रिय गानबाट सुरू गरिएको कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथिहरुबाट १२औ बार्षिक उत्सवको प्रतिकस्वरुप १२ वटा दीप प्रज्जवलन गरेर कार्यक्रमको समुट्घाटन गरेका थिए । त्यसैगरी प्रमुख अतिथिले १२ औ स्थापना दिवसको समारोहकोलागि तयार पारिएको केक काटेका थिए ।

nrn-qutar-12-th-establishment-day2कार्यक्रम संचालक तथा महासचिव बिनोद भट्टराईले संस्थाको स्पाथनाकालदेखिका प्रमुख गतिविधिहरुलाई समेटेर तयार पारिएको ‘रिभर अफ लाइफ’ प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा योगदान दिनुहुने संस्थापक तथा पुर्वपदाधिकारीहरुलाई प्रमुख अतिथि घलेले सम्मान गरेका थिए ।

nrn-qutar-12-th-establishment-day3कार्यक्रममा शुभकामना सम्बोधन गर्दै प्रमुख अतिथि शेष घलेले एनआरएनसँग राष्ट्रको अपेक्षा धेरै रहे पनि हामीले गर्नु पर्ने जति गर्न नसकिरहेको अवस्थामा अब वास्तविकताको आधारमा विगतमा गरेका प्रतिबद्धताहरू पुरा गर्दै जानुपर्ने बताए । समाजको अपेक्षा पुरा गर्न एनआरएनए आफैमा श्रोत साधन सम्पन्न बन्नु पर्ने भएकोले पहिलो प्राथामिकतामा भवन निर्माणलाई अघि बढाइएको बताए ।

nrn-qutar-12-th-establishment-day4भवन निर्माण संस्थाको पुरानो प्रतिबद्धता भएपनि अहिलेसम्म पुरा हुन नसकेकाले आफुले त्यसलाई कार्यन्वयन गर्न खटिरहेको उनले जानकारी दिए । आफूले वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना तथा संस्थाका आन्तरिक व्यवस्थालाई सुधार तथा व्यवस्थित गर्न प्रयास गरिरहेको बताउँदै सामाजिक अगुवाहरूले आफ्नो क्षमताले कार्यन्वयन गर्न सक्ने जिम्मेबारी मात्र लिन सुझाव दिए ।

nrn-qutar-12-th-establishment-day5कार्यक्रमको समापन सम्बोधन गर्दै सभापति मक्सुद आलमले प्रमुख अतिथि लगायत सबैलाई धन्यबाद दिएका थिए ।

भवनका लागि १० लाखको लक्ष्य, २० लाख संकलन

यसैबीच एनआरएन एनसीसी कतारले गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवनका लागि २० लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माणका लागि एनआरएन आईसीसीले १० लाख रुपैयाँको लक्ष्य दिएकोमा कतारले दोब्बर रकम संकलन गरेर अन्य देशका एनसीसीलाई पनि उत्साहित तुल्याएको छ ।

‘हामीले दिएको लक्ष्य र अपेक्षाभन्दा दोब्बर रकम संकलन हुनु निकै उत्साहप्रद र प्रेरणादायी हो’ एनआरएन अध्यक्ष शेष घलेले भने, ‘विश्वभरका नेपालीको भावना संकलन गरी एकताको प्रतिकको रूपमा भवन बनाउने सपना अब छिटै पुरा हुन्छ ।


  •  
  •  
  •