२ करोड लगानीमा शंखमुलमा बन्ने भयो पार्क

113
  •  
  •  
  •  

काठमाडौं, २४ असोज (ओएनएस) : गैर आवासिय नेपाली संघ (एनआरएन)ले शंखमुलमा पार्क निर्माण गरेर सांकेतिक रुपमा वागमति सफाइमा सहभागिता जनाएको मुख्य सचिव लिलामणी पौडेलले बताएका छन् ।

शुक्रवार शंखमुलघाटमा बन्न लागेको पार्कको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । साथे एनआरएनले पार्क स्थापना गरेर राष्ट्रिय भावना समेत उजागर गरेको उनले जानकारी दिए ।

सो अवसरमा मुख्य सचिव पौडेलले सो  पार्क १ बर्षभित्र पुरा गर्न समेत आग्रह गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष जीवा लामिछानेले आत्मवल भएमा जस्तोसुकै कार्यक्रम पनि गर्न सकिने बताए । साथै बागमति सफाइ अभियानमा हरतरहको सहयोग गर्न एनआरएन तयार भएको जानकारी दिए ।
ललितपुरको शंखमुलघाटमा बन्ने  सो पार्कको निर्माण सम्पन्न गर्न २ करोड लाग्ने बताइएको छ । ३५ रोपनीमा बन्न लागेको पार्कमा पाँचओटा घाट,पोखरी,चौबिसै घण्टा पानी बग्ने शंख आकारको धारालगायत रहने बताइएको छ ।

कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, सुनिलकुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतको सहभागिता रहेको थियो ।
park


  •  
  •  
  •