एनआरएनको सातौँ विश्व सम्मलेन १४ अक्टुबरदेखी काठमाडौमा

163
  •  
  •  
  •  

NRN_logoकाठमाडौ, २३ चैत(ओएनएस) : गैरआवसीय नेपाली संघको सातौँ विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टुबर १४ देखी १६ सम्म काठमाडौमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको बैठकले महाधिवेशन र गैरआवासीय नेपाली संघको सातौ विश्वसम्मेलन सुरू हुने निर्णय गरेको हो । विश्व सम्मेलनको आयोजनाको सम्पूर्ण जिम्मेवारी एनआरएनका अध्यक्ष शेष घलेलाई दिइएको छ ।

बैठकले निर्वाचन नीति तथा निर्वाचन व्यवस्थापनका लागी संघभन्दा बाहिरका विज्ञहरूको संलग्नतामा निर्वाचन समिति बनाउने निर्णय समेत गरेको छ ।

अध्यक्ष घलेले ४५ औ एनआरएनको बैठकमा हालसम्म गरिएका र गर्न बाँकी रहेका कार्यहरूको जानकारी गराएका थिए भने एनआरएनको भवन निर्माणका सम्बन्धमा जानकारी गराएका थिए । यस्तै, चन्दा सहयोग संकलन, वनसाँघु विद्यालय र शंखमुल पार्कको निर्माण प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा वैदेशिक रोजगार हितका मुद्धाहरूका सम्बन्धमा भइरहेका कार्यहरूको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।


  •  
  •  
  •