एनआरएनले हिमपहिरोमा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने

450
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख (ओएनएस) : गैरआवासिय नेपाली संघ (एनआरएनए)ले वैशाख ५ गते सगरमाथाको पहिलो क्याम्प नजिकै गएको हिम पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सहयोगको घोषणा गरेको छ ।
संघका अध्यक्ष शेष घलेले सोमबार एक विज्ञप्ती निकाल्दै मृतक १३ जनाका परिवारलाई १० लाख सहयोग गर्ने जनाएका हुन् ।
हिम पहिरोमा परिएर १३ जना शर्पाहरुको मृत्यु भएको थियो । भने ३ बेपत्ता र ६ जना घाइते भएका थिए ।
एनआएनले बेपत्ताहरुको खोजी तिव्र पार्न माग गरेको छ । भने भविष्यमा यस्ता घटना हुन नदिन सजकता अपनाउन आग्रह गरेको छ ।

  •  
  •  
  •