प्रवासीले पनि मताधिकार पाउनुपर्ने माग

85
  •  
  •  
  •  

काठमाडौं २८ भदौ (ओएनएस) : कामको सिलसिलामा भारतमा बसोबास गर्ने प्रबासी नेपालीहरूले नयाँ संविधानमा आफ्नो मताधिकार ग्यारेण्टी गरिनुपर्ने माग गरेका छन् । उनीहरूले लामो समयदेखि आफूहरूले मताधिकारको माग गर्दा पनि राजनीतिक सरकार र पार्टीहरूले नसुनेको गुनासोसमेत गरे ।

प्रवासी नेपालीहरूको संगठन नेपाली एकता समाज, भारतले शनिबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ऋषिराम पुनले भने, ‘हामीले यो माग पहिलैदेखि गर्दै आएका थियौं तर कसैले सुनेन्, नयाँ बन्ने संविधानमा भारतमा बसोबास गर्ने प्रवासी नेपालीहरूको माग पूरा भएन भने आन्दोलन गर्छौं ।’ पुनले संविधान सबै राजनीतिक पार्टीको सहमतिमा बन्ने बन्नुपर्ने बताए । अध्यक्ष पुनले सन् १९५० को सन्धी भारतले नेपाली सीमा मिच्दा आफूहरूले भारतमै आन्दोलन गरेको बताउदै नेपालको हित विरोधी कुनै पनि सम्झौता भएमा आफूले भारतमै जनमत सिर्जना गरी आन्दोलन गर्ने बताए ।

त्यसैगरी कार्यक्रममा प्रवासी नेपाली हेमराज ढङ्गानाले नेपाल सरकारले भारतमा बसोबास गर्ने नेपालीहरूका कुरा नसुनेकाले अपहेलित हुनुु परेको बताए । अर्का प्रवासी नेपालीका अगुवा राजु भुजेलले भारतमा पहिलो नेपालीलको सम्मेलन हुने गर पनि अहिले नेपालीको हक अधिकारको कुरा गर्दा उल्टै विभिन्न आरोप लगाइने गरेको बताए ।


  •  
  •  
  •