१५ करोडको लागतमा बालुवाटारमा बन्दैछ एनआरएनको भवन

546
  •  
  •  
  •  

काठमाडौ, ३० पुस(ओएनएस) : गैरआवासीय नेपाली संघले १५ करोडको लागतमा आफ्नो केन्द्रीय कार्यालय भवन बनाउने प्रक्रिया अघि बढाएको छ ।

भवन निर्माणको लागि संघले बालुवाटारस्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडी तीन रोपनी जग्गा खरिद गरेको छ ।

एनआरएनए आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझाव अनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो ।

जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ ।

‘एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं ? अध्यक्ष शेष घलेले भने ‘भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने, थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिन्छौं । ’

अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्ने पहिलो प्राथमिकतामा भवन निर्माणाई राखेका थिए ।भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ खातामा जम्मा भइसकेको छ ।

करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाडौको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत केही बढ्ने देखिएको छ ।


  •  
  •  
  •