क्यानवेराबाट एनआरएन भवनलाई १३ लाख

135
  •  
  •  
  •  

काठमाडौं ३१ असार (ओएनएस) : गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि अष्ट्रलियाको क्यानवेरामा बसोबास गर्ने नेपालीहरुले १३ लाख भन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । १२ जुलाइका दिन नेपाली दूतावासमा आयोजित जलपान कार्यक्रममा उपस्थित नेपालीहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

Canberra (1)

एनआरएन अन्तराष्ट्रिय समन्वय समितीका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ग्लोबल आर्थिक संकलन समितीका संयोजक गणेस केसी, एनसीसी समन्वय समितीका संयोजक बिष्णु हमाल, एनआरएन सचिव रञ्जु वाग्ले, एनआरएन केन्द्रिय प्रवक्ता मनकेसी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीलाई अध्यक्ष घलेले सम्मान पत्र प्रदान गरेका थिए ।

nrn 3


  •  
  •  
  •