गैरआवासीय नेपाली दिवस आज मनाउँदै

340
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : संसारभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली दिवस आज मनाउँदैछ । दिवसमा विभिन्न देशबाट २ सयभन्दा बढीको सहभागिता रहनेछ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस ९एनआरएन डे० भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष त्यसै दिन गैरआवासीय दिवस मनाउने गरिन्छ ।

आज बिहान स्यंवुनाथ र पशुपतिमा पूजा गैरआवासीय नेपालीको लगानीमा निर्माणधिन शेराटन काठमाडौं हाटेलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्त्रण गरिनेछ । हिजो एनआरएन गार्डेनको शिलान्यास गरिएको थियो ।
‘एनआरएन डे’ मूल समारोह समितिका अनुसार दिवसको प्रधानमन्त्री सुशील कोइरालाद्धारा होटल याक एण्ड यतीमा दिन दिउँसो २ बजे सम्उद्घाटन हुने कार्यक्रम छ । यसका अतिरिक्त बाढी पिडितलाई सहयोग, खुला विश्वविद्यालय सम्बन्धि कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीपको रुपान्त्रण, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिनेछ ।

युरोपियन स्ट्याण्डर्ड’को तारे होटल काठमाडौंमा

८ अर्ब रुपैयाँ लगानी हुने

‘युरोपियन स्ट्याण्डर्ड’को तारे होटल काठमाडौंमा

काठमाडौँ, २३ असोज (ओएनएस) :  काठमाडौंको केशरमहलमा बन्न लागेको पाँचतारे शेराटन काठमाडौं होटलको एनआरएन दिवसको अवसरमा शुक्रवार शिलान्यास हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेसहितको लगानीमा बन्न लागेको सो होटालको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने भएका छन् ।

SHERATON KATHMANDU 2घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र सेराटन ब्राण्डले चिनिएको सिंगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एण्ड रिसोर्ट वल्र्डवाइडबीचको सहमति अनुसार सेराटन ब्राण्डमा सो होटल बनाउन लागिएको   हो ।
अहिले होटलको डिजाइनको काम भइरहेको अध्यक्ष घलेले जानकारी दिए । शिलान्यास लगतै निर्माण सुरु गनेछौं उनले भने ।

सेराटन विश्वब्यापी रुपमा चिनिएको होटल ब्राण्ड हो । निर्माणाधीन होटलमा सेराटनले अपरेसन सर्भिस, सिस्टम लाइसेन्स, डिजाइन रिभ्यु र सेन्टरलाइज सर्भिसका रुपमा विदेशी पुँजी र प्रविधि भित्र्याउनेछ । होटल सन् २०१८ फेब्रुअरीसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

होटलमा २ सय २५ कोठा हुनेछन् । होटल सञ्चालनाका लागि करिब ८ अर्ब लगानी लाग्ने उनको अनुमान छ । होटलको निर्माण अवधिका तीन वर्षमा ५० हजार र सञ्चालन शुरु भएपछि ४ सय ५० जनाले रोजगारी पाउनेछन् । होटलमा चार वटा फुड एण्ड वेभरेज आउटलेट, एउटा आईटी हब, स्पा, स्वीमिङ पुल, फिटनेट सेन्टर तथा १ हजार ५ सय वर्ग मिटरको सभाकक्ष बनाउने तयारी गरिएको छ ।


  •  
  •  
  •