‘खुला विश्वद्यिालयले स्वअध्ययनमा प्रेरित गर्छ’ : विज्ञहरु

114
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) : सही अर्थमा शैक्षिक योग्यता प्राप्त गर्नका लागि खुला विश्वविद्यालय आवश्यक भएको विज्ञहरुले बताएका छन् । शुक्रवार एनआरएन दिवसको अवसर पारेर काठमाडौमा आयोजित एक कार्यक्रमवीच उनीहरुले यस्तो बताएका हुन् ।

खुला विश्वविद्यालयले स्वअध्यनमा प्रेरित गर्ने भएकोले यसको आवश्यकता रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले खुला विश्वविद्यालय एनआरएनहरुको स्वार्थका लागि नभइ नेपालीका लागि बनाउन लागेको बताए । छाता ऐन नबनेकोले विश्वविद्यालय ऐन बनाउन नमिल्ने भन्दै सरकारले सार्वजनिक महत्वको विष्यलाई उपेक्षा गरेको उनको आरोप छ ।

सो अवसरमा मुख्य सचिव लिलामणी पौडेलले सरकारी विधेयकले नमिले गैरसरकारी विधेयक लगाएर भएपनि खुला विश्वविद्यालय ऐन ल्याउनुपर्ने बताए । उनले ऐन ल्याउन गर्नुपर्ने सहयोगका लागि आफु तयार भएके जानकारी दिए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले खुला विश्वविद्यालय ऐन ल्याउने हरेक बाधालाई हटाउनुपर्ने धारणा राखेका थिए । साथै उच्च शिक्षा नीति नआएसम्म छाता ऐन नआउने उनीहरुले बताए ।


  •  
  •  
  •