बेलायतमा एनआरएन बहस हुने

525
  •  
  •  
  •  

काठमाडौं । आगामी मे २५ तारिख बेलायतमा ऐतिहासिक एनआरएन बहस कार्यक्रम हुने भएको छ । बेलायतबाट सञ्चालित अनलाईन ट्वान्टीफोर न्युज प्रेस डट कमले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ऐतिहासिक एनआरएनएन बहस कार्यक्रम गर्न लागेको हो ।

संसदमा विचाराधीन रहेको गैरआवासीय नेपाली नागरिकताकोे विषयलाई प्रमुख मुद्दा बनाएर अनलाइनले भब्य वहस कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारीले गैर आवासीय नेपालीको अहिलेको जल्दाबल्दो मुद्दामा केन्द्रित भएर एनआरएन बहस आयोजना गरिएको बताएका छन् ।
उनले एनआरएनमा अहिले सबैभन्दा जल्दोबल्दो मुद्दाका रुपमा नागरिकता रहेकाले बहस कार्यक्रममा एनआरएन नागरिकतालाई जोडतोडले उडाइने बताए ।

दुई चरणमा सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा अवार्ड हुनेछ । कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीहरु लगायतका एजेन्डामा केन्द्रित गरिने आयोजकले जनाएको छ ।


  •  
  •  
  •