एनआरएन अमेरिकाको अध्यक्षमा सञ्जय थापाको उम्मेद्वारी घोषणा

59
  •  
  •  
  •  

न्यूयोर्क(अमेरिका) : एनआरएन अमेरिकाको अध्यक्षमा सञ्जय थापाले उम्मेद्वारी घोषणा गरेका छन् ।
गृहनगर न्यूयोर्कमा आइतबार एक कार्यक्रमकाबीच थापाले २०१९ – २१ कार्यकालको अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका बोर्ड अफ डाइरेक्टर समेत रहेका थापाले उम्मेद्वारी घोषणासँगै आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।
थापाले दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ नरहेको बताए ।
उनले भने, ‘एनआरएनलाई हाम्रो भन्दा राम्रो बनाउन लागि पर्नेछु । एनराएनलाई पारदर्शी बनाउनेछु ।’
अध्यक्षमा दावेदार थापाले निर्वाचन निष्पक्ष, विश्वसनीय र पारदरर्शी चुनाव गर्न समेत निर्वाचन पक्षलाई सुझाव पनि दिए ।

पत्रकार र अमेरिकाको न्यूयोर्कको नेपाली डायस्पोराका केही अगुवाहरूको सहभागि रहेको उम्मेद्वारी घोषणा समारोहमा सहभागी हुन प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा बाल्टिमोरबाट न्यूयोर्क पुगेका थिए । मञ्चका महासचिव राधाकृष्ण देउजालगायतका मञ्चका नेता एवं कार्यकर्ताहरूको समेत समारोहमा सहभागिता थियो ।
उम्मेद्वार थापा अमेरिका आउनुअघि नेपालमा तत्कालिन नेकपा एमालेको तर्फबाट काठमाडौं जिल्ला विकास समितिको सदस्य थिए ।
उनी पेशाले इन्जिनियर हुन् । उनी तत्कालिन नेकपा एमालेको प्रवास भातृसंगठन प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।


  •  
  •  
  •